प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकार

२० फागुन, काठमाडौं । सरकारले प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसद्‌मा लैजाने प्रतिबद्धता जनाएका हुन् ।

मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लूजी) सँगको भेटमा मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी) समेतले मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलले छिटो भन्दा छिटो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन विधेयकलाई संसद्‌मा लैजाने प्रतिबद्धता जनाए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top