सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

आईतवार झापाको बुद्धशान्तिमा भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले आफू मन्त्री भएर आउँदा बीमाको अघिल्लो वर्षको दायित्व ११ अर्ब रहेको जानकारी दिँदै चालु आर्थिक वर्षको बजेटमा बीमाका लागि जम्मा साढे ७ अर्ब छुट्याएको बताए। बीमालाई तिर्नुपर्ने अघिल्लो वर्षकै ११ अर्ब रुपैयाँ बाँकी रहेको उनले बताए। बीमा यही एक लाखबाट चलाउने र यसरी नै चलाउने हो भने सरकारले बजेट भाषणमा ४० अर्ब रुपैयाँ बीमालाई विनियोजन गर्नुपर्ने बताए। राज्यले एक लाखबाट बीमा चलाउन नसक्ने हो भने नागरिकको योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुपर्ने उनले बताए।

उनले भने, ‘म मन्त्री भएर आइसकेपछि बीमाको अघिल्लो वर्षको दायित्व ११ अर्ब थियो । बजेटमा जम्मा साढे ७ अर्ब छुट्याएको रहेछ । यो वर्षलाई साढे ७ अर्ब छुट्याएको छ । तर बीमालाई तिर्नुपर्ने अघिल्लो वर्षकै ११ अर्ब बाँकी छ । अब अघिल्लो वर्ष पुग्नेगरी बजेट छुट्टिएको छैन । अब यो वर्ष कसरी खर्च सञ्चालन गर्ने रु त्यसैले यदी बीमा यही एक लाखबाट चलाउने र यसरी नै चलाउने हो भने सरकारले बजेट भाषणमा ४० अर्ब रुपैयाँ बीमालाई विनियोजन गर्नुपर्छ । अहिले जम्मा साढे ७ अर्ब छ । ६ गुणा ज्यादा विनियोजन गर्नुपर्छ । कि त ४० अर्ब विनियोजन गर्नुप¥यो । यही एक लाखको अहिलेको जस्तो विधि छ, यसैलाई चलाउनु प¥यो । राज्यले त्यस्तो सक्दैन भने हामीले प्रश्ताव गरेको जस्तो नागरिकको योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुपर्छ । त्यो भनेको अहिले बीमामा ३५ सय तिरेपछि जोडिन पाइन्छ । मैले मेरो तलवको १।५ प्रतिशत बीमा कोषमा बुझाउने व्यवस्था भयो भने मैले वर्षमा १२ हजार बुझाउनुपर्छ । तलव खानेहरुले आफ्नो तलवबाट बीमा कोषमा योगदान पु¥याउने, कर तिर्नेहरुले तिरिरहेकै करबाट ०।५ प्रतिशत बीमामा योगदान पु¥याउने, कर पनि नतिर्ने र तलव पनि नखानेहरुले प्रिमियमबाट बीमामा योगदान पु¥याउने, यो तीन वटै काम गर्न नसक्नेले सरकारले प्रिमियम तिरिदिएर उहाँहरुलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने । त्यस्तो हाम्रो प्रश्ताव छ । त्यो भयो भने बीमा कोष सुरक्षित हुन्छ । बीमा कोषले नियमित आम्दानी पनि गर्दछ । नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top