राज्यलाई भार पर्ने गरी पूर्वविशिष्टलाई सेवा दिन्नौं: मन्त्री पौडेल

नेपालगन्ज – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टलाई राज्यलाई आर्थिक भार पर्ने गरी सेवा सुविधा नदिइने बताएका छन् ।

नेपाली कांग्रेस, बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री पौडेलले भने, ‘पूर्वविशिष्टलाई दिने भनिएको सुविधा पास हुन्न ।’

उनले राज्यलाई आर्थिक भार थपिने गरी कुनै पनि सेवा सुविधा दिन नसकिने दोहोर्याए । कार्यकर्ताको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले संघ र प्रदेशको सांसद संख्या घटाउनु पर्ने बताए ।

उनले संघमा २ सय ७५ बाट २ सय १ र प्रदेशमा ४० प्रतिशत सांसद संख्या घटाउनु पर्ने बताए । उनले निजामति र सुरक्षा निकायमा पनि कर्मचारी घटाएर चालु खर्च कम गरी संघीयतालाई व्यवस्थित गर्नुपर्ने सुनाए ।

मन्त्री पौडेलले बिमालाई व्यवस्थित गर्नुपर्ने औल्याए । बिमामा थोरै बजेट छुट्याइने र बक्यौता धेरै रहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउदै पौडेलले व्यक्ति र विभिन्न संघ संस्था, निकायबाट निश्चित रकम लिएर बिमाको रकम सुरक्षित गर्नुपर्ने बताए ।

जिल्ला सभापति नारायण गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपाल अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, जिल्ला सचिव सुधांशु कोइरालालगायतका नेताहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *